महिला भलिबलमा एपिएफ, बागमती र पुलिसको विजयी सुरुवात

पाेखरा | असोज २८, २०७९

महिला भलिबलमा एपिएफ, बागमती र पुलिसको विजयी सुरुवात

पोखरा : विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् । 

 

म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो । 

 

एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ को सोझो तीन सेटमा पराजित ग¥यो । नेपाल पुलिस क्लवले लुम्बीनी प्रदेशलाई २५–१०, २५–११ र २५–१९ ले पछि प¥यो । 

 

शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले ‘म्यान अफ द म्याच’को उपाधी पाए । बिहिबार भएको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो । 

 

समूह बिजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् । 

 

शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुनेछ । 

 

कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ । उक्त्त प्रतियोगिता लिककम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक याम बहादुर गुरुङले बताए ।


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्